४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कोप–२६ आजदेखि शुरु हुँदै



१४ कात्तिक ०७८, काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि शुरु हुँदैछ । स्कटल्याण्डको ग्लास्गोमा हुने सम्मेलन नोभेम्बर १२ सम्म चल्नेछ । सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसहरू भेला हुँदैछन् ।
सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुनेछ । विश्व नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।

कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ ।

सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका लक्ष्यहरु यो सम्मेलनले केही परिमार्जन गर्ने अनुमान गरिएको छ । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : २४ बजे