८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रोशी गाँउपालिका प्रमुखले निकाले तामाङ गीत



२० कात्तिक ०७८, धुलिखेल । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पत्रकार सम्मेलन गरी गीत सर्वजानिक गरिएको हो । पत्रकार सम्मेलनमा उपस्थित हुनेहरुको मन रसाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले यस म्युजिक भिडियो बिमोचन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुका साथै यस्ता भिडियोले समाजमा सकरात्मक सन्देश दिने बताए ।
चन्द्रदेव मोक्तान फाउण्डेशनले निर्माण गरिएको छ । यस म्युजिक भिडियोमा तामाङ चलचित्र संघका अध्यक्ष एंव मेगास्टार कुमार मोक्तानको मुख्य अभिनय रहेको छ भने चाँदनी मोक्तान, रोशन फ्युबा, सोनाम लामा र अस्मिता तामाङको अभिनय देख्न सकिन्छ ।
कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले प्रतिष्ठानको तर्फबाट मंगल जनविजय माविमा इन्जीनियरीङ विषय लिएर अध्ययन गर्ने २ जना विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको व्यवस्था गर्ने समेत प्रतिबद्धता जाहेर गरे । साथै अध्यक्ष लामाले आफ्ना आमा बुवा जिवित भगवान भएको बताए ।
उनले आफ्ना आपा–आमा लाई जिवित हुँदा नै माया र ममता गर्नु पर्नेमा जोड दिए । गीतमा रोशी गाउँपालिकाका प्रमुख डिबी लामाले लेखेका हुन । अमृत लामाको संगीत र स्वर, पवन वाङ लामाको संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतको म्युजिक भिडियोलाई रोशन फ्युबाले ड्रोन छायांकन, लक्ष्मण घिमिरे र रोशन फ्युबाले छायांकन गरेका हुन । भिडियोलाई उनै मेगास्टार कुमार मोक्तानले निर्देशन गरेका हुन ।

कार्यक्रममा पत्रकार,समाजसेवी, राजनितिकर्मी, सुरक्षाकर्मी एव
कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ५४ बजे