८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुर महिला लिगमा छनोट हुन सफल




२६ कात्तिक ०७८, काठमाडौं । ललितपुर महानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को लागि छनोट भएको छ । शुक्रबार एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेसँगै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको हो ।
ललितपुरको जितमा कप्तान निर्मला विकले एक मात्र गोल गरिन् । नेपाल पुलिस क्लबको फरवार्डसमेत रहेकी निर्मलाले पहिलो हाफमा गोल गरेकी थिइन् । बाँकी समय दुवै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । तर, फाइनल पुग्दै ललितपुर भने राष्ट्रिय महिला लिगको लागि छनोट भयो ।
अहिले जारी दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा भइरहेको छ । जसको विजेता पनि राष्ट्रिय लिगको लागि छनोट हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार रुपैयाँ पाउनेछ ।

३१ टोली समभागी लिगको फाइनल पुग्ने टोली महिला लिगमा छनोट हुनेछ । महिला लिगमा विभागीय तीन क्लबसहित चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । न्युज कारखाना

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : २१ बजे