८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रक गायक थकालीको ल्याए “एक बचन बोल्दैमा”




२८ कात्तिक ०७८,काठमाडौँ । रक गायक सुदिप कुमार थकालीले नयाँ गित “एक बचन बोल्दैमा” को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । एक दशक देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानैदेखि गीत सङ्गीतका पारखी थिए । शास्त्रीय सङ्गीतदेखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन् ।
रक गायक सुदिप कुमार थकालीको स्वर, आँशु लामाको शब्द,सङ्गीत तथा नोर्बु शेर्पाको एरेन्ज रहेको छ । राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मालाइ फिचर्ड गरिएको छ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=5N39Qy181w0

यस गीतको म्युजिक भिडियोले दर्शक श्रोताहरूको मन जित्ने कुरामा विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले “एक बचन बोल्दैमा” नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने कुरामा विश्वस्त छन् । साथै यो आफ्नो गीतको म्युजिक भिडियोलाई हेरेर दर्शक आफ्नो अमूल्य कमेन्ट गरी दिनुहुन पनि आग्रह गरेका छन्। आफू जहाँ रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गीत सङ्गीतलाई माया गर्दै भविष्यमा पनि यस्तै दर्शक श्रोताहरू माझ गीतहरू, म्युजिक भिडियो लिएर नेपाली संगतिक फाँटमा आउने कुरा उनी बताउछन ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ७ : ५५ बजे