९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भक्तपुर सहकारीमा नयाँ कार्य समिति, अध्यक्षमा लाखाजु



२८ कात्तिक ०७८, भक्तपुर । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरको सञ्चालक समितिमा कृष्ण गोविन्द लाखाजु अध्यक्षमा चयन भएका छन् ।
भक्तपुर बचतको १७ औ वार्षिक साधारणसभाबाट लाखाजुको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँं कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा हरि बल्ल, सचिब जगन्नाथ प्रजापति र कोषाध्यक्ष कान्छा भक्त घजु चुनिएका छन् । सदस्यहरुमा पञ्चकृष्ण श्रेष्ठ, काजीबहादुर पञ्च, इन्द्र प्रसाद ब्यान्जु, कृष्णस्वरी प्रजापति र सन्तोषी खतिवडा चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा बालमुकुन्द उपाध्याय र सदस्यहरुमा श्रीप्रसाद त्यातजु तथा शुशिला पराजुली चयन भएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ५४ बजे