१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानन्यायाधीश जबरालाई हटाएर न्यायपालिका जोगाऔंः पूर्वन्यायाधीश फोरम



२९ कात्तिक ०७८, काठमाडौं ।  पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन राजनीतिक दलहरुसँग माग गरेको छ ।सोमबार पत्रकार सम्मेलन गर्दै फोरमले प्रधानन्यायाधीश जबरा न्यायपालिका नेतृत्वका लागि अयोग्य प्रमाणित भइसकेको सकेको बताएको छ ।

फोरमले प्रधानन्यायाधीश राणा न्यायपालिकाको नेतृत्व गर्न आयोग्य प्रमाणित भइसकेको १५ कारण र आधारसहित राणाको बहिर्गमनको माग राखि यसअघि कात्तिक ५ गते विज्ञप्ति जारी गरेको थियो ।
‘अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दाको काम कारबाही र न्याय सम्पादनमा प्रभाव पर्ने गरी टीकाटिप्पणी नगर्न भनी मिति २०७७÷०४÷१३ मा सर्वोच्च अदालतबाट ने जारी गरिएको विज्ञप्ति एवं न्यायाधीशहरुको आचारसंहिताको दफा ४.४ विपरीत सर्वोच्च अदालत पूर्ण इजलासमा विचाराधीन नेपाल सरकारविरुद्ध प्रतिवादी रन्जनप्रसाद भएको कर्तव्य ज्यान मुद्दामा आफ्नो फैसला ठीक छ, आफू त्रुटि गरेको छैन सार्वजनिक सञ्चारमाध्यममा गरेको प्रतिरक्षाबाट नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपर न्यायाधीशहरूको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा जारी विज्ञप्तिमा उल्लेख भएका पन्ध्र बुँदे आधारमा महाभियोग लगाउनका लागि पर्याप्त आधार भएकोले सरकार, राजनीतिक दल, सांसदलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समय आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौ, फोरमको विज्ञप्तिमा छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।