९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भक्तपुरका किसानलाई उन्नत् जातको गहुँ र आलुको बीऊ वितरण




३० कात्तिक ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका किसानलाई उन्नत जातको गहुँ र आलुको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाले आज आयोजना गरेको बीउ वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले गहुँ र आलुको उन्नत जातको बीउवितरण गरेका हुन् ।

प्राथमिकताका आधारमा गहुँ लगाउने किसानलाई एक पाथी गहुँको बीउ र आलु रोप्ने किसानलाई पाँच किलो आलुको बीउ वितरण गरिएको हो । नगर प्रमुख प्रजापतिले गहुँबालीका लागि रासायनिक मलको अभाव हुन नदिन नगरपालिकाले मलको सिफारिस दिन सुरु गरेको बताए । उनले उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने हेतुले नगरपालिकाले उन्नत जातका बीउबिजनको वितरण गर्दै आइरहेको बताए । प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरी कुहिने वस्तुलाई कम्पोष्ट मल बनाइ सस्तोमा किसानलाई बिक्रीवितरण गर्न तयारी गरेको बताए । नगरपालिकाले १ र १० वडाका किसानलाई आज बीउवितरण गरेको छ । नगरभित्रका सबै वडाका किसानलाई पाँच किलो गहुँ र पाँच किलो आलुको बीउवितरण गर्ने अभियान सञ्चालन गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १ : ५२ बजे