६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १४५ सहित थप ३७७ जनामा कोरोना संक्रमण



३० कात्तिक ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा ३७७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ६७२ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ४७६ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा १७० जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ७१४ पुगेको छ। उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ।

हाल ९८ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा ७९ हजार ५६८ जनाले खोप लगाएका छन्।

काठमाडौं उपत्यकामा थप १४५ जना संक्रमित थपिएका छन्। मंगलबार उपत्यकामा थप १४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै १०१, ललितपुरमा ३३ र भक्तपुरमा ११ संक्रमित थपिएका हुन्।

उपत्यकामा हाल १५६५ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ५३६, भक्तपुरमा ४७६ र ललितपुरमा ५५३ सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ०५ बजे