२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच तनाव, १० घाइते



२ मंसिर०७८, काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरी र कानून व्यवसायीबीच धकेलाधकेल हुँदा १० जनाभन्दा बढी घाइते भएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एशोसिएशनसम्बद्ध कानून व्यवसायी र प्रहरीबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएका हुन्।

घाइते हुनेमा नेपाल बारका पदाधिकारी तथा अन्य कानून व्यवसायी रहेका छन्। घाइते भएका बारका केन्द्रीय सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ।

अन्य घाइतेहरुमा कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे लगायत रहेका छन्।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।