२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बेइजिङ ओलम्पिक बहिस्कार गर्ने अमेरिकाको चेतावनी



न्युयोर्क (एजेन्सी) – अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ मा बेइजिङमा आयोजना हुने हिउँदे ओलम्पिक बहिस्कार गर्ने चेतावनी दिएका छन्। ‘बेइजिङमा हुन लागिरहेको हिउँदे ओलम्पिक कूटनीतिक ढंगले बहिस्कार गर्ने बारेमा हामीले सोचिरहेका छौं’, राष्ट्रपति बाइडेनले भने।

कूटनीतिक बहिस्कारको अर्थ कुनै पनि अमेरिकी अधिकारी खेलसँग सम्बन्धित गतिविधिमा संलग्न हुने छैनन्। अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिरहेका बेला अमेरिकाको पछिल्लो धारणा आएको हो।

सोमबार बाइडेन र चीनका राष्ट्रपति सीबीच भर्चुअल बैठक सम्पन्न भएको थियो।

करिव चार घन्टा लामो सो बैठकमा दुवै नेताहरुले ओलम्पिक खेलबारे छलफल नगरेको ह्वाइटहाउका महिला प्रवक्ता जेन पेसाकीले बताइन्। कूटनीतिक बहिस्कारले खेललाई असर नगर्ने उनले बताइन्।

चीनमा भइरहेका मानव अधिकार दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिस्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिक नेताहरुले बताउँदै आएका छन्।

बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ।

चीनले सिन्जियाङमा त्यहाँका अल्पसंख्यक मुसलमानको दमन गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ। हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको भन्दै अमेरिकाले चीनको विरोध गरेको छ। – न्युज कारखाना

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।