६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १२० सहित नेपालमा थप २९६ जनामा कोरोना संक्रमण



३ मंसिर ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा १२० सहित नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल आठ हजार ९७२ जनाको नमूना परीक्षण गर्दा २९६ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट २७१ र एन्टिजेन विधिबाट २५ संक्रमित पहिचान भएका छन्।
उक्त अवधिमा कूल सात हजार ७७७ जनाको पीसीआर र एक हजार १९५ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

यस अवधिमा कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ३६९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
काठमाडौं उपत्यकामा १२० संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित छन्।

यस्तै काठमाडौं उपत्यकामा १५९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५५९, ललितपुरमा ५६७, भक्तपुरमा ४७० सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : ०८ बजे