८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुरे टिम थ्री स्टार र च्यासल आज ए डिपभजन फुटवलमा भिड्दै




४ मंसिर ०७८, काठमाडौं । आज ललितपुरे टिम थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
राजधानीमा हुने थ्री स्टारका प्रशिक्षक उज्जन श्रेष्ठले लक्ष्य लिग च्याम्पियन हुने भएकाले पहिलो खेलबाटै आक्रमक फुटबल खेल्ने बताएका छन् । थ्री स्टारका विक्रम लामाको कप्तानीमा मैदान उत्रदा च्यासल विराज महर्जनको कप्तानीमा मैदान प्रवेश गर्नेछ । च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले टोली सन्तुलित बनेकाले लिगमा उत्कृष्ट नतिजा ल्याउने बताए ।
खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।
सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत शनिबार दुई खेल हुँदैछ । दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लब आमनेसामने हुनेछन् ।
शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा हुनेछ भने संकटा रवी सिलवालको कप्तानीमा मैदान उत्रनेछ । दुबै टोली पहिलो खेलमा सुखद सुरुआत गर्ने दाउमा हुनेछन् । दुबै टोलीले चार विदेशी खेलाडी मैदानमा उतार्ने छन् ।

शुक्रबार भएको उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले फ्रेण्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । न्युज कारखाना

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : १७ बजे