८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


थ्री स्टारको तीन गोलको मद्दतले च्यासल पराजित



काठमाडौँ, ३ मङ्सिर
दशरथ रंगशालमा शुक्रबार आयोजित ए डिभिजन लिग फुटबल प्रतियोगिताको क्रममा सेतो जर्सीमा सातदोबाटो युथ क्ल्ब र निलो जर्सीमा फ्राईन्ड्स युथ क्लवका खेलाडीहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

४ मंसिर ०७८, काठमाडौं । तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ’ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री स्टारले च्यासल यूथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको हो ।
थ्री स्टारको जितमा डिफेण्डर निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले एक एक गोल गरे । थ्री स्टारले तिनै गोल “सेट पिस“ मा भएको थियो ।
यता, पहिलो हाफमा च्यासलले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । इटालियन मूलका विकास मेराग्लीयाको प्रहार थ्री स्टारका गोलरक्षक प्रीसोले बन्च गरेका थिए ।
खेलको २२औं मिनेटमा निशानले करिब ३० यार्डबाट फ्रिकिकमा आकर्षक गोल गरेका थिए । ४४औं मिनेटमा रिमले हेड मार्फत २–० को अग्रता बनाए । खेलको ५८ औं मिनेटमा अनन्तले गोल गर्दै थ्री स्टारलाई ३–० को जित दिलाए ।
जितसँगै थ्री स्टारले पहिलो खेलमै महत्त्वपूर्ण ३ अंक जोडेको छ । थ्री स्टार तालिकाको शीर्ष स्थानमा रह्यो । च्यासलले भने हारबाट सिजनको सुरुआत गरेको छ ।
आजनै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबर खेल्दै अंक बाढे ।
लिग अन्तर्गत आइतबार दुई खेलहरू हुनेछ । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल यूथ क्लबसँग खेल्नेछ । न्युज कारखाना

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ९ : ०७ बजे