६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार २ सय ३८ मा कोरोना सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु



५ मंसिर ०७८, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप सय २३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । नौ हजार १ सय २३ को पीसीआर परीक्षण गरिएको थियो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३ सय १४ रहेको छ । पछिल्लो समय थप ३ सय ७० जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख ३ सय ५९ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९६ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो समय ४० हजार १४जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १ सय ६४ रहेको छ । हाल होम आइसोलेसनमा ६ हजार ६ सय ९६ छन् । संस्थागत आइसोलेसनमा ४ सय ६८ , आईसीयूमा २ सय २७ र भेन्टीलेटरमा ५१ जनाको उपचार हुँदैछ ।
५ मंसिर ०७८,काठमाडौं ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ३६ बजे