६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन सभामुखसहित सांसदलाई ज्ञापनपत्र



६ मंसिर ०७८, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख सचेतकहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

जबराको राजीनामा माग्दै तीन साताभन्दा लामो समयदेखि धर्ना र प्रदर्शन गर्दै आएको बारले सोमबार महाअभियोग लगाउन ज्ञापनपत्र बुझाउन लागेको हो ।

सोमबार दिउँसो २ बजे सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता तथा प्रमुख सचेकतलाई जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको सर्वाेच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । न्यायालय सुद्धीकरणका लागि जबरालाई न्यायालयको नेतृत्वबाट हटाउनुपर्ने बारको जिकीर छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १२ : २८ बजे