६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राप्रपा महाधिवेशन: प्रादेशिक क्षेत्रीय अधिवेशन हुँदै



फाइल तस्बिर

६ मंसिर ०७८, काठमाडौं । आगामी ११–१३ मंसिरसम्म हुने महाधिवेशनका लागि प्रतिनिधि बन्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रय पनि चुनावी प्रतिस्पर्धामा उत्रँदै छन् । राप्रपा महाधिवेशनमा दुई हजार नौ सय ७० जना प्रतिनिधि उपस्थित हुने छन् ।

त्यसका लागि आज साेमबार तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशनमार्फत प्रतिनिधि चयन हुने छन् । त्यसकै लागि अध्यक्षत्रय आन्तरिक चुनावी प्रतिस्पर्धामा भिड्ने भएका हुन् । ‘राप्रपाको विधानमा अध्यक्षसमेत प्रदेश सभाबाट निर्वाचित भएर आउनु पर्ने व्यवस्था छ ।

सोही कारण तीनै जना नेताले आआफना मतदाता नामावली भएका क्षेत्रमा भिड्नु पर्ने हुन्छ,’ प्रचार विभाग संयोजक मोहन श्रेष्ठले न्युज कारखानासँग भने, ‘प्रदेश सभा निर्वाचन क्षेत्रमा सहमतिबाट नेतृत्व चयन हुन नसके प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, त्यहाँ पराजित भएमा अध्यक्ष पनि महाधिवेशन प्रतिनिधि नहुन सक्छन् ।’

श्रेष्ठका अनुसार मतदाता नामावली भएको क्षेत्रबाट चुनिएर आउनु पर्ने भएकाले कमल थापा मकवानपुरबाट, पशुपतिशमशेर राणा सिन्धुपाल्चोक र प्रकाशचन्द्र लोहनी नुवाकोटबाट महाधिवेशन प्रतिनिधि भएर काठमाडौं आउनु पर्ने हुन्छ ।

आज हुने प्रदेशसभा अधिवेशनबाट ९–९ जना गरी दुई हजार नौ सय ७० जना प्रतिनिधि चयन हुने छन् । जसअनुसार प्रत्येक प्रदेश सभावाट खस आर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी नौ जना महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १२ : ३९ बजे