८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कुमारीपाटीमा सानिमा बैंकको प्रायोरिटी काउन्टर



६ मंसिर ०७८, ललितपुर । सानिमा बैंकले प्रधान कार्यालय नक्सालबाट आफ्ना विशिष्ट ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर ललितपुरको लगनखेल, कुमारीपाटीमा पनि विस्तार गरेको छ ।
आफ्ना ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि विशिष्टकृत प्रायोरिटी काउन्टर थप गरिएको बैंकले जनाएको छ । यस प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ ।

कुमारीपाटीस्थित प्रायोरिटी काउन्टरको उद्घाटन बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईं र प्रायोरिटी ग्राहक, श्याम काजी अवालेले संयुक्त रुपमा गरेका हुन्। सो समारोहमा श्याम काजी अवालेले ललितपुर क्षेत्रमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गरे । साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईंले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए । सानिमा बैंकको देशका सातै प्रदेशमा ११७ कार्यालय र ९७ वटा ए।टि।एम। संचालनमा रहेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १ : ०२ बजे