२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज एमाले स्थायी कमिटी बैठक, ओलीले पत्रकार सम्मेलन गर्ने



काठमाडौंको थापाथलीस्थित एमाले कार्यालय । तस्विर : ललितपुर खबर

७ मंसिर ०७८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेले सोमबार स्थायी कमिटी डाकेको थियो । तर नेताहरुको कार्यव्यस्तता भन्दै बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।
एमालेको १०औँ महाधिवेशनको तीन दिन अघि स्थायी कमिटी बस्न लागेको हो । बैठकले महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने नेता तामाङले जानकारी दिए । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदैछ ।
विधानअनुसार कुल महाधिवेशन प्रतिनिधिको पाँच प्रतिशत मनोनित गर्न सकिने व्यवस्था छ । यसरी करिब एक सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि मनोनित हुनेछन् ।
बैठकमा महाधिवेशनको तयारी र व्यवस्थापकीय कामबारे छलफल हुनेछ ।

यसैबीच एमाले अध्यक्ष केपी ओलीले आज नै पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।