६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ३५१ जनामा कोरोना पुष्टि



७ मंसिर ०७८, काठमाडौँ । नेपालमा थप ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १० हजार १७४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ७२९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय १३ जना र १ हजार ४४५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १५ हजार ०६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७३ जना कोरोनामुक्त भए, ९ को मृत्यु

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ८९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार १७४ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख ९४ हजार १९२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ५ : ०० बजे