६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


२७० मा कोरोना सङ्क्रमण पुष्टि



१० मंसिर ०७८, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा दश हजार ४४६ को पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ५२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४५२ पुगेको छ । पछिल्लो समय थप ३०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख एक हजार ७२२ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

दुईको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २८७ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ८९६, संस्थागत आइसोलेशनमा ३९१, सघन उपचार कक्षमा १७५ र भेन्टिलेटरमा ३३ जनाको उपचार हुँदैछ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ६ : १४ बजे