८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


एमाले महाधिवेशनमा जनसागर (तस्विरहरु)



१० मंसिर ०७८, चितवन । कहाँ बस्ने, कहाँ उभिएर हेर्ने भन्दै थिए नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशमा सहभागी हुन आएकाहरू । मान्छेले मान्छेलाई ठेलमठेल भएर ज्यान जोगाउनै गाह्रो भयो ।
नेपालको मध्यभागमा पर्ने चितवनमा आज एमालेले नारायणी किनारमा निर्माण गरेको विशेष मञ्चमा देशका विभिन्न भागबाट एमालेका नेता कार्यकर्ता र जनसमुदायको उपस्थितिले एमालेका शीर्ष नेता उत्साहित भएका थिए । हरेक माघे सङ्क्रान्तिमा देवघाटमा हुने विशाल मेलामा व्यापक जनसहभागिता हुने गरे पनि पछिल्लो समय यहाँ यस प्रकारको जनसहभागितामा राजनीतिक कार्यक्रम भएको थिएन ।
दोस्रो जनआन्दोलनताका पछि सम्भवतः सबैभन्दा धेरै जनसहभागिताको कार्यक्रम आजको एमालेको महाधिवेशनको उद्घाटनसत्रमा देखिएको स्थानीयबासी बताउँछन् । सहभागी नरायणी पुल, नारायणी पारी, मञ्च नजिकका घरका छत र रुखमासमेत बसेर मञ्चतर्फ आँखा लगाइरहेका देखिन्थे ।


बिहानैदेखि विभिन्न ठाउँबाट आएका एमाले कार्यकर्ता र समर्थनक भरतपुर र नारायणगढ छिर्न थालिसकेका थिए, जसका कारण महानगरको सवारी व्यवस्थापन जटिल बनेको थियो । मध्यान्ह १२ बजेपछि भने नारायणीतिरमा एमालेको लाखौँको उपस्थितिमा जनसभा आरम्भ भयो । आएका सबैले मञ्चमा हेर्न र मच्च नजिक जान चाहने भएकाले सहभागीबीच घुइँचो देखिएको थियो ।

औपचारिक उद्घाटन हुन ुपहिला मञ्चमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घको टोलीबाट विविध जातजातिगत धुन र सांस्कृतिक प्रस्तुति दिन थालेका थिए । सभामा शुभकामना दिन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हेलिकोप्टरबाट अवतरण भएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका शीर्ष नेता मञ्चमा स्वागतार्थ पुगेका थिए ।


एमालेका नेता रामबहादुर थापाले स्वागत मन्तव्य दिएपछि अध्यक्ष ओलीले नेपालको झण्डा, पार्टीको निर्वाचन चिन्ह (सूर्य) र कम्यूनिष्ट पार्टीको झण्डा फहराएर महाधिवेशनको भव्य उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री देउवा लगभग पुरै अवधि बसेका थिए भने शुभकामनाका क्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटीका सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताले शुभकामना मन्तव्य दिएका थिए । आम सहभागी सभामा एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले धन्यवाद र सञ्चालक पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले समापन भएको घोषणा नगर्दासम्म नरायणीतिरमा झुम्मिएका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ३२ बजे