६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले महाधिवेशन लम्बिन सक्ने




१२ मंसिर ०७८, सौराहा । एमाले नेता पृथ्वीसुब्बा गुरूङले महाधिवेशन एक दिन लम्बिन सक्ने बताएका छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले सर्वसम्मत केन्द्रीय कमिटीको प्रयास गर्दा महाधिवेशन सोमबारसम्म लम्बिन सक्ने बताएका हुन् ।
एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएकाले उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउँदा पनि कुरा मिल्न सकेको छैन । जसकारण नेतृत्व निकै ठूलो दबाबमा छ ।
‘सहमतिको प्रयास भइरहेको छ । आजको आवश्यकता पार्टी एकता हो । सहमतिको आवश्यकता हो । लोकतान्त्रिक अधिकार प्रयोग गरेर उहाँलाई सर्वसम्मत रूपमा केन्द्रीय कमिटीको प्रस्ताव ल्याउनुस् भनेर हलले जिम्मेवारी दिएको छ । कोठामा बसेर एक्लै घोषणा गर्ने त होइन । सानामसिना कुरा होइन । धेरै ठूलो र गम्भीर कुरा छ । त्यसैले महाधिवेशन लम्बिन पनि सक्छ,’ गुरुङले भने ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ०८ बजे