ललितपुर खबर
१२ मंसिर ०७८, ललितपुर । ललितपुर काँग्रेस सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आज (आइतबार) भएको मत गणनामा श्रेष्ठले १२ मतले रामकृष्ण चित्रकारलाई पछि पार्दै ६६५ मत ल्याएर श्रेष्ठले सभापति पदमा जित हासिल गरेका हुन् । जितपछि जावलाखेलमा उनका समर्थकहरुले खुशीयाली माएका थिए । मत गणना लगत्तै रामकृष्ण चित्रकार भने त्यहाँबाट फर्केका थिए ।
खुशीयाली साट्ने क्रममा नेताहरु उदयशम्सेर राणा, जितजंग बस्नेतलगायत सहभागी थिए ।
समर्थकहरुसँग खुशी साटेलगत्तै जितेन्द्र उदय र जितजंग बस्नेतलाई उनले आफू लगाइदिएको खादा र माला फकालेर लगाइ दिए अनि आंगालो हाले ।
प्रतिक्रिया