११ मंसिर ०७८, चितवन । नेकपा एमालेको १०औं महाधिवेसनको दोस्रो दिन ११ घन्टा ढिला गरि सुरू भएको छ ।
पहिलो दिनको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित ३ सय १ सदस्सीय केन्द्रीय कमिटी सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो ।
बन्दसत्र हलवाट प्राधिकम पाएका अध्यक्ष ओलीले केही बेरमा १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम घोषणा गर्नेछन् । उक्त प्रस्तावलाई अनुमोदन गर्ने कि नगर्ने महाधिवेसन प्रतिनिधिले निर्णय लिने छन् ।
३ सय १ सदस्सीय नाम लिएर ११ घन्टा पछि बन्दसत्र हलमा प्रवेश गरेका ओलीलाई कार्यकर्ताहरूले नाराबाजी गर्दै समर्थन जनाएका छन् । न्युज कारखाना
प्रतिक्रिया