६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा ११५ सहित नेपालमा थप २५९ जनामा कोरोना संक्रमण




१३ मंसिर ०७८,काठमाडौं । नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ९ हजार ८८८ जनाको नमूना परीक्षण गर्दा सोमबार २५९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २३१ जनाको पीसीआर र २ हजार ६५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
पीसीआर परीक्षणबाट २४३ जना र एन्टिजेन परीक्षणबाट १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ। गत २४ घण्टामा २६४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त ९निको० भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौँ उपत्यकामा थप ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा ७ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ४ : ५० बजे