८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ललितपुरे क्लव ब्रिगेड ब्वाइजले एनआरटीसँग बाँड्यो अंक



काठमाडौँ, ३ मङ्सिर
दशरथ रंगशालमा शुक्रबार आयोजित ए डिभिजन लिग फुटबल प्रतियोगिताको क्रममा सेतो जर्सीमा सातदोबाटो युथ क्ल्ब र निलो जर्सीमा फ्राईन्ड्स युथ क्लवका खेलाडीहरु । तस्बिर ः प्रदीपराज वन्त, रासस

१३ मंसिर ०७८, ललितपुर । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलका केही सुन्दर अवसर सृजना गरे पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए ।
बराबरीसँगै दुई खेलबाट चार अंक जोडेको बीबीसी तालिकाको चौथो स्थानमा उक्लिएको छ । बीबीसीले पहिलो खेलमा विभागीय टोली एपिएफ क्लबलाई ३–२ ले पराजित गरेको थियो ।
त्यस्तै दुई खेलबाट एक अंक जोडेको एनआरटी भने तालिकाको १२औं स्थानमा छ । एनआरटी पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग २–१ ले पराजित भएको थियो ।
स्टेफेन बिनोङले ४३औं मिनेटमा पेनाल्टी बक्सको बायाँतर्फबाट गरेको क्रसलाई दर्शन गुरुङले पोस्टको दिशा दिन नसक्दा एनआरटीले अग्रता लिने सुन्दर मौका गुमाएकोे थियो ।
बीबीसीका दिनेश राईले ४९औं मिनेटमा १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले रोकेका थिए । बीबीसीका दिनेशले ६६औं मिनेटमा प्रहार अजितले पुनः विफल पारिदिए ।
आजै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। न्युज कारखाना

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ०९ बजे