६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘अहंकारी र घमन्डी नेता हुँदैन’




१४ मंसिर ०७८, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।
एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।
’जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ’, उनले भने । उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए ।
यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताएका छन् । न्युज कारखाना

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ५३ बजे