६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भट्टेडाँडाको स्कूलमा खुल्यो शिक्षकको जागिर




१५ मंसिर ०७८, ललितपुर । दक्षिण ललितपुरको भट्डेडाँडाको श्री महाकाली देवि उच्च माध्यामिक विद्यालयमा विज्ञान शिक्षकमको जागिर खुलेको छ ।
मंगलबार एक सूचना प्रकाशित गरेर विद्यालयले विज्ञान विषयमा स्नातक गरेको नेपाली नागरिकले दरखास्त हाल्न सक्ने उल्येख गर्दै शिक्षक मागेको हो । प्रकाशित विज्ञापनको १६ औं दिनमा सम्पर्कमा आउन सूचित गर्दै १ जना शिक्षक आवश्यक परेको जनाइएको छ ।
१८ वर्ष पुरा गरेको र ४० वर्ष ननागेको उम्मेदवारले शैक्षिक प्रमाणपत्र,नागरिता र शिक्षण अनुमती पत्रका साथ १ हजार दस्तुरका साथ आवेदन दिनु पर्नेछ । प्रचलित शिक्षक तलवमान अनुसार सेवा सुविधा रहेको यो विज्ञापन करार सेवाका लागि खुलाइएको सूचनामा जनाइएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ३४ बजे