६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज ३ जना कोरोना सङ्क्रमितको मृत्यु



फाइल तस्विर

१५ मंसिर ०७८,काठमाडौं । कोरोना संक्रमणबाट आज बुधबार ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप तीन जनाको मृत्यु भएको जानकारी दिएका छन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय २९ पुगेको छ । पछिल्लो समय दुई लाख २७ हजार ५८४ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको उहाँले बताउनुभयो । हालसम्म पहिलो मात्रा एक करोड ३० लाख ४०८ ले र पूर्ण मात्रा ८५ लाख १४ हजार ६८४ जनाले खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आज १२ हजार ७ सय २७ मा कोरोना परीक्षण गर्दा ३ सय १६ जनामा सङ्क्रमण पुष्टि भएको बताएका छन् ।
उनका अनुसार सक्रिय सङ्क्रमित छ हजार ९ सय ५४ पुगेको छ । पछिल्लो समय थप २ सय ५९ जना सङक्रमणमुक्त भएको पौडेलले जानकारी दिएका छन् । योसँगै आठ लाख तीन हजार १ सय ६८ जना सङ्क्रमण मुक्त भएका छन् ।
पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, धनुषा, भक्तपुर, कास्की, पूर्वनवलपरासी, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला, सल्यान जाजरकोट र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ । उनका अनुसार हाल होमआइसोलेशनमा छ हजार ६ सय १०, संस्थागत आइसोलेसनमा ३ सय ४४, आइसियुमा १ सय २० र भेन्टिलेटरमा ३७ जनाको उपचार हुँदैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ५३ बजे