३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा पनि देखियो डरलाग्दो कोरोनाको ओमिक्रोन भेरियन्ट




एजेन्सी
१७ मंसिर ०७८, कर्नाटक । विश्व मााझ त्रासको रुपमा देखिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा पनि देखिएको छ । दक्षिण अफ्रिकाबाट कर्नाटक आएका दुई जनामा यो भेरियन्ट देखिएको हो । उनीहरूमा सामान्य लक्षण देखिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।
संक्रमित दुबै पुरुषहरुलाई निगरानीमा राखिएको छ । नयाँ भेरियन्ट देखिएसँगै अन्य सहरहरुमा पनि परीक्षण सुरु गरिएको छ ।
ओमिक्रोन देखिएपछि भारतले दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, बेलायत, हङ्कङ र इजरायललगायतका उच्च जोखिम भएका देशबाट आउने यात्रुलाई कडाइ गरेको छ ।
ती देशबाट आउने यात्रुको कोभिड परीक्षण गरिने र कोभिड नतिजा नआएसम्म उनीहरुलाई विमानस्थलबाहिर जान रोक लगाइने भारतको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिड पुष्टि हुने यात्रुलाई छुट्टै राखेर उपचार गरिने रउनीहरूको नमुना ओमिक्रोन जाँचका लागि जीन सीक्वन्सिङ गर्न पठाइने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, ती देशबाट आउने यात्रुहरु एक साता घरमा क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ६ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।