५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


खोप नलगाउनेका लागि जर्मनीमा लकडाउन




एजेन्सी
१७ मंसिर ०७८, वर्लिन । जर्मनीले खोप नलगाउने व्यक्तिका लागि देशव्यापी लकडाउन घोषणा गरेको छ । साथै, खोप नलगाएका व्यक्तिलाई अनिवार्य खोप लगाउन पनि आह्वान गरेको छ । नयाँ नियमअनुसार खोप नलगाएका व्यक्तिलाई सुपरमार्केट, फार्मेसीलगायतका अत्यावसेकीय सेवामा प्रतिबन्ध लगाइएको छ । कोभिडबाट हालै निको भएका व्यक्तिलाई भने तत्कालका लागि यो प्रतिबन्ध लागू नहुने भएको छ । त्यस्तै, संसदबाट कानुन बनाएर नै खोपलाई अनिवार्य बनाइने भएको छ ।
सरकारको घोषाणासँगै खोप नलगाएका व्यक्तिले अर्काे घरमा गएर दुई जनालाई मात्र भेट्न पाउनेछन् । बढी कोभिड संक्रमित भएका स्थानका बार तथा नाइट क्लब बन्द रहनेछन् । त्यस्तै, फुटबल खेल हेर्ने दर्शकको संख्या सीमित गरिने छ ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोप फेरि कोभिडको नयाँ केन्द्रविन्दु बन्न थालेको छ । युरोपका अधिकांश देशहरुले नयाँ भेरियन्ट रोक्न विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।
’हामीलाई थाहा छ की अवस्था निकै गम्भीर छ । कोभिड नियन्त्रणका लागि सरकारले चालेका कदम पालना गर्न सर्वसाधारणलाई आह्वान गर्छु’, जर्मन चान्सलर एंगिला मर्केलले भनिन् । जर्मनमा कोभिडको चौथो लहर आउने अनुमान गरिएको छ । ’जर्मनीलाई कोभिडको चौथो लहरबाट जोगाउन बेलैमा सावधानी अप्नाउनुपर्छ,’ उनले भनिन् ।
सरकारले आगामी फेब्रुवरीदेखि देशव्यापी अनिवार्य खोप अभियान सञ्चालन गर्ने भएको छ । अन्तिम पटक खोप लगाएको नौ महिनापछि खोप लगाएका व्यक्तिको पहिचान हराउने भएकोले उनीहरुलाई बुस्टर डोज आवश्यक भएको चान्सलर मर्केलले बताइन् ।
युरोपेली मुलुक अस्ट्रियमा पनि जनबरीदेखि खोप अनिवार्य गरिएको छ । त्यस्तै ग्रीसमा पनि ६० वर्षमाथिका सबैलाइ बुस्टर डोज अनिवार्य गरिएको छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ३९ बजे