८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन फुटवल : सातदोबाटोको जित, एएफपिको पराजित




१७ मंसिर ०७८, काठमाडौं । विदेशी खेलाडी अजयी मार्टिन्सको ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको हो ।
सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक गोल गरे । सातदोबाटोका डिफेन्डर करन रावतको आत्माघाती गोल गरे ।
सातदोवाटोका लागि ४२औं मिनेटमा मार्टिन्जले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । यस्तै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मार्टिन्जले सातदोबाटोको अग्रता दोब्बर बनाए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा २–० को नतिजामा पछाडि परेको एपीएफका लागि ४९औं मिनेटमा विक्की तामाङले पहिलो गोल गरे । त्यसको एक मिनेट नबित्दै सुशील राईले सातदोबाटोका लागि तेस्रो गोल गरे ।
खेलको ५८ मिनेटमा मार्टिनले ह्याट्रिक पूरा गरे । जारी शीर्ष डिभिजन लिगमा यो पहिलो ह्याट्रिक हो । उनी नै खेलको म्यान अफ दि म्याच भए ।
जितसँगै सातदोबाटो ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा छ । यता लगातार तेस्रो हारसँगै एपीएफ पुछार अर्थात् रेलिगेसन जोनमा छ । शनिबार लिगमा दुई खेल हुनेछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : २६ बजे