६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस बागमती सभापतिमा प्रधान, केसी र बानियाँको उम्मेद्वारी, आज मतदान हुँदै




शिव चौलागाईं
१८ मंसिर ०७८, मकवानपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, जगदिश नरसिंह केसी र ईन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो ।
उम्मेद्वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने जोशी र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् ।
प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा आज शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । न्यूज कारखाना

 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ११ : ३२ बजे