६ आश्विन २०८१, आइतबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


शनिबार २ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि




१८ मंसिर ०७८, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा छ हजार ७ सय ९७ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
यससँगै नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २२ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ५ सय ८७ पुगेको छ । पछिल्लो समय थप ३ सय ९२ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख चार हजार सय ८ पुगेको छ । निको हुनेदर ९७ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पाँचको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट पाँच जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४० पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ३० हजार ६ सय ८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या छ हजार ५ सय ४४ रहेको छ । हाल होमआइसोलेशनमा छ हजार ३ सय ९७, संस्थागत आइसोलेशनमा ३ सय ४७, सघन उपचारकक्षमा १ सय ६ र भेन्टिलेटरमा ३२ जनाको उपचार हुँदैछ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : ५७ बजे