८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


लक्ष्मीनारायणको मूर्ति ३६ वर्षपछि प्रतिस्थापन गर्दा(फोटोफिचर)



१९ मंसिर ०७८, पाटन । ललितपुर महानगरपालिका १६ पटको टोलबाट विसं २०४२ मा हराएको लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापन गरिएको छ ।

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी तथा पाटन दरबार सङ्ग्रहालयका पदाधिकारी तथा नेपाल सम्पदा पुनःजागरण अभियानका सदस्य तथा ललितपुर महानगरपालिकाका जनप्रतिनिधि एवं जनताको सहभागितामा मूर्ति प्रतिश्थापन गरिएको हो ।

राजदूत बेरीले ललितपुरको सम्पत्ति सोही समुदायमै फर्काउन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेको भनाइ राखेका थिए । उनले भने, “अझै भेटिएका यस्ता वस्तुलाई पुनः फर्काउनेछाैँ ।”

पुनःजागरण अभियानका उपाध्यक्ष कनकमणि दीक्षितले सो मूर्ति आज मन्दिरमा प्रतिस्थापन गरिनु नै पटको टोलका जनताको उत्कृष्ट र उत्साहजनक सहयोग तथा चासोको विषय रहेकामा प्रशंसा गरेका थिए । दीक्षितले भने, “यस मूर्तिलाई फर्काउन अमेरिकी नागरिक महिला जोयलिन डेभिस तथा एरिन टम्सन र अर्का व्यक्ति युग्रेन शिकको ठूलो हात रहेको छ ।” पटको टोल सुधार समितिका अध्यक्ष वदनज्वालानन्द राजोपाध्यायले विगत विसं १९८४ मा हराएको मूर्ति फेरि चोरी हुनसक्ने कुरालाई ध्यानमा राखी आफूहरुले सिसीटिभी र साइरन तथा लेजर प्रविधिको समेत व्यवस्था मन्दिर हातामा गरेकोे बताए ।

हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालय प्रमुख सन्दीप खनालले सो मन्दिर एक तहको पेटीमा दुईतले शैलीको पश्चिमाभिमुख रहनाका साथै सोको प्रवेशद्वारको चौकोस पनि एकदम कलात्मक रहेको बताए । उक्त मन्दिर बाहिर ढोकामा छत्र भएको गरुड अनि मध्यभागमा नारायण मूर्तिसहित विभिन्न देवगणले भरिएको तोरणसमेत देख्न पाइन्छ ।

स्थानीयवासी विमललाल श्रेष्ठका अनुसार सो नारायण मन्दिरमा वर्षको एकपटक हरेक निर्जला एकादशीका दिन ‘नारायण गुठी’ का मानिसले गुठी चलाउनेसमेत गरेका बताए ।

उक्त कार्यक्रममा सो लक्ष्मीनारायण मूर्ति १२ औँ शताब्दीको लिच्छिविकालमा निर्माण हुनाका साथै मन्दिर भने मल्लकालीन समयमा बनेको बताइएको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ४३ बजे