२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षका पुन विजयी




२० मंसिर ०७८, बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन् । बिहान सम्पन्न मतगणनाको अन्तिम परीणाम अनुसार पुनले सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् ।
सभापतिमा निर्वाचित पुनले ८ सय ५२ मत पाउँदा शाहले ७ सय ६७ मतमै चित्त बुझाए ।
पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व छ । उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८ सय ४७ र राजु खनाल ७ सय ९२ मत ल्याइ विजयी भएका छन् । खनाल भने संस्थापन निकट मानिन्छन् । अष्टभुजा पाठकले ७ सय ७२ र सुधाकर पाण्डेले ६ सय ६१ मत ल्याएर उपसभापतिमा पराजित भए ।
महामन्त्रीमा विक्रम खनालले ८ सय ४४ र सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याइ विजयी भएको निर्वाचन समितिले जनाएको छ । दुवैजना पौडेल निकट हुन् । सहमहामन्त्रीमा विष्णु खनाल ८५९, खगराज पाण्डे ७ सय ७६ र निमा गिरी ८ सय ३० मत ल्याइ निर्वाचित भएका छन् । ती सबै पौडेल समूहकै हुन् ।
शनिबार राति १२ बजेदेखि सुरु भएको मतगणना सोमबार बिहान मात्र सकिएको हो । प्रदेश अधिवेशनमा कुल १ हजार ६ सय ३१ मत खसेको थियो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये नौ जिल्ला सभापतिमा पनि पौडेल पक्षले सभापति जितेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।