२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपत्यकामा १२२ सहित नेपालमा थप ३१५ जनामा कोरोना पुष्टि



२१ मंसिर ०७८, काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३०४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ११ हजार ८१० जनाको नमुना परीक्षण भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा १२२ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

आज काठमाडौंमा ८२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या एक हजार ६१७ पुगेको छ । देशभर ६ हजार १३ जना होम आइसोलेसनमा, ३३९ जना संस्थागत आइसोलेसनमा, १२३ जना आइसीयू तथा ३० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

८७ लाख बढीले लगाए कोरोनाविरुद्धको पूर्ण खोप नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको मन्त्रालयले जनाएको छ ।
पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३ मात्रा खोप लगाइएको छ ।
यसैगरी

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।