७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक



कान्तिपथस्थित निर्वाचनको कार्यालय ।

२१ मंसिर ०७८, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगका अनुसार पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । सोही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने पनि आयोगले जनाएको छ । यस्तै, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम आयोगको छ ।

त्यसैगरी, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

निर्वाचनका लागि मतदाताको नामावली प्रकाशन भने पुस १७ गतेबाटै सुरु हुनेछ । नामावलीमा कुनै त्रुटी भए सच्याउनका लागि पुस १८ र १९ गते तोकिएको छ ।

राष्ट्रिय सभामा २० सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदैछ । यसमा प्रदेससभा सदस्य र स्थानीय तहका प्रमुख तथा उप प्रमुखले मतदान गर्नेछन् । राष्ट्रिय सभाका फागुनमा पदावधि सकिने २० सदस्यमध्ये १ जना राष्ट्रपतिबाट मनोनित हुन् भने १९ पदका लागि निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : १८ बजे