७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप २८० जनामा कोरोना संक्रमण




२२ मंसिर ०७८, काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार १६८ जनाको पीसीआर र ३ हजार ६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २५५ जना र एन्टिजेन परीक्षणबाट २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ पुगेको छ।
गत २४ घण्टामा ३६६ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार २३९ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ५ : ३४ बजे