९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस महाधिवेशनको प्रचारप्रसार व्यापक बनाउदै



राजधानीको भृकुटीमण्डपमा माहाधिवेशनका आकाक्षीहरुले आफ्नो उम्मेदवारीको प्रचारका लागि बुधबार राखेका व्यानरहरु । लेन्स : ललितपुर खबर

२३ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने पार्टीको १४आँै महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थितरुपमा अघि बढाउन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेकोे प्रचारप्रसार समितिअन्तर्गत बुधबार विभिन्न जिम्मेवारी तोकेको छ ।
समितिले डा सुरेश आचार्यलाई मिडिया सेन्टर संयोजक, बद्री सिग्देललाई प्रेस सङ्घसङ्गठन समन्वय संयोजक, समीरजङ्ग शाहलाई अनलाइन समन्वय संयोजक, दिपेश विष्टलाई सामाजिक सञ्जाल समन्वय संयोजक, शिव लम्साललाई मोफसल मिडिया सम्पर्क प्रचार संयोजक, दीपक आचार्यलाई उपत्यका प्रिन्ट मिडिया संयोजक, सरोज अधिकारी बिट समन्वय संयोजक र नीर शाहलाई टेलिभिजन समन्वय संयोजक तोकिएको पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।
यसैगरी रेडियो समन्वय संयोजकमा गोपाल झा, बौद्धिक क्षेत्र प्रचार समन्वय संयोजकमा डा अञ्जनी झा, महिला प्रचार समन्वय संयोजकमा अञ्जना अर्याल, युवा प्रचार समन्वय संयोजकमा विकल राई, महाधिवेशनस्थल काठमाडाँै महानगर प्रचार समन्वय संयोजकमा निलकाजी शाक्य, सामाजिक सङ्घसंस्था प्रचार समन्वय संयोजकमा फूलकुमार लालवानी, प्रवास क्षेत्र प्रचार समन्वय संयोजकमा विमल सुवेदी, स्वागतद्वार र शृङ्गार संयोजकमा गोविन्द पुडासैनी, कला संयोजकमा मीन भाम र डिजिटल बोर्ड प्रचार संयोजकमा सुशन वैद्यलाई तोकिएको छ ।

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ६ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।