९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न, तीन प्रस्ताव पारित   




२३ मंसिर ०७८, काठमाडौं।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले भोलि शुक्रबारदेखि सुरु हुन लागेको कांग्रेसको १४औँ महाधिवेशनमा पेश गरिने तीन प्रतिवेदन पारित गरेको छ ।  बैठकले महामन्त्रीको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षको लेखासम्बन्धी प्रतिवेदन र नीति तथा अनुसन्धानसम्बन्धी प्रतिवेदनलाई पारित गरेको हो ।

बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकपछि विधान सम्बन्धमा जतिपनि निर्णय भएका छन् तिनलाई पनि केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिए । प्रवक्ता शर्माले महाधिवेशनमा भारतीय जनता पार्टी र कङ्ग्रेस आईका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको जानकारी दिए । उनले शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिए । आजको बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित हुनुभएको बुझिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ४ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।