
sf7df8f}F, * ;fpg . gjlgo’Qm k|wfgdGqL z]/axfb’/ b]pjfnfO{ k|ltlglw;efsf] a}7sdf z’qmaf/ z’esfdgf lbFb} g]kfnL sfFu|];sf g]tf k|sfzdfg l;+x . t:jL/M /Tg >]i7, /f;;
२३ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन् ।
चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताए ।
उनले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै महाधिवेशनका प्रतिनिधिले बाँकी कुरा तय गर्ने बताए ।
नेताहरुले छलफल गरौं भनेको र आफूले न्याय पाउनुपर्छ भनेको उनले बताए ।
उनले आफू ब्याक हुनुपर्ने कुनै कारण नभएको बताए । यसअघिको महाधिवेशनमा आफू ब्याक भएको उनको भनाइ थियो।
‘१३ औं महाधिवेशनमा म ब्याक भएको हो नि सभापति र महामन्त्रीबाट’उनले भने ।







प्रतिक्रिया