७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस महाधिवेशन उद्घाटन ज्योतिषीको साइतमा गरिने




२४ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसले आज शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनको उद्घाटन ज्योतिषीय साइतमा गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन सत्रको साइत शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको दक्षिण एसीयाली ज्योतिष महासंघ नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।
‘कांग्रेस महाधिवेशन उद्घाटनको साइत मैले हेरिदिएको हुँ,’ न्युज कारखानासँग उनले भने, ‘शुक्रबार दिउँसो १ बजेका लागि जुराइएको छ ।’ महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभ योगको संयोग पारेर समय निर्धारण गरिएको उनले बताए ।
महाधिवेशन उद्घाटन पञ्चाङ्गअनुसार मंसिर शुक्लपक्षको सप्तमी तिथि, शतभिषा नक्षत्र र सौम्य योगा, चन्द्रमा कुम्भ राशि तथा चन्द्रमा पश्चिम दिशामा रहेको अवस्थामा हुन लागेको ज्योतिष रिजालले बताए । उनका अनुसार महाधिवेशनपछि विदेशी शक्ति सन्तुलनमा रहने योग पनि रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : ३८ बजे