८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन फुटवल लिगमा च्यासल र आर्मी भिड्दै



फाइल तस्विर

२४ मंसिर ०७८, काठमाठौं । आज शुक्रबार एडिभिजन फुटवल लिगमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब आमनेसामने हुने भएका छन् । पौने ५ बजे सुरु हुने दोस्रो खेलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतिस्पर्धा गर्नेछन् । च्यासल युथ क्लबको सामना गर्दा त्रिभुवन आर्मी फुटबल क्लब जित यात्रा कायम राख्न चाहन्छ ।
पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस फुटबल क्लबसँग १–१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणका खेलहरू आज शुक्रबारबाट सुरू हुँदै छ । शुक्रबार दशरथ रंगशाला पहिलो दिन दुई खेल आयोजना हुँदै छ। पहिलो खेलमा फ्रेण्ड्स क्लबको सामना गर्दा मनाङ मर्स्याङदी क्लब स्पष्ट तीन अंक जोड्दै शीर्ष स्थानमा फर्कन चाहन्छ । खेल दिउँसो १ बजे सुरू हुनेछ ।
तीन खेलमा दुई जित र एक बराबरीको नतिजापछि मनाङ सात अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा समान सात अंक जोडेको सातदोबाटो युथ शीर्ष स्थानमा छ भने साविक विजेता मच्छिन्द्र पनि समान सात अंक जोड्दै दोस्रो स्थानमा छ ।

पहिलो दुई खेलमा क्रमशः जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबमाथि समान १–० को जित हात पारेको मनाङ तेस्रो खेलमा भने संकटासँग हारको संकटबाट उम्किएको थियो । दुई पटक पछि परेको मनाङले इन्जुरी समयमा गोल फर्काउँदै हारको टारेको थियो ।
फ्रेण्ड्सले भने लिगमा जितको स्वाद चाख्न पाएको छैन । तीन खेलमा फ्रेन्डसको मात्र दुई अंक छ ।
पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग पराजित भएको थियो । तेस्रो खेलमा भने फ्रेन्डसले उपाधि दाबेदार थ्री स्टारसँग अंक बाँडेको थियो । त्यसैले फ्रेण्ड्स मनाङविरुद्ध मैदानमा उच्च मनोबलका साथ उत्रनेछ ।
तेस्रो खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हराउँदै लिगमा पहिलो तीन अंक जोडेको थियो । तीन खेलमा चौथो स्थानमा बसेको आर्मीको पाँच अंक छ ।
त्यसैले च्यासलको सामना गर्दा आर्मी जितको लय कायम गर्ने लक्ष्यमा हुनेछ । च्यासलको भने तीन खेलमा मात्र चार अंक छ । पहिलो खेलम थ्री स्टार क्लबसँग १–० ले स्तब्ध भएको च्यासलले दोस्रो खेलमा एपीएफमाथि १–० को जितसहित लिगमा पहिलो तीन अंक जोडेको थियो ।

तेस्रो खेलमा भने अग्रता जोगाउन नसक्दा च्यासलले न्युरोड टिम एनआरटीसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो । न्युज कारखाना

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : ०७ बजे