५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


बेलायतमा एकैदिनमा ५८ हजारभन्दा बढी कोरोना संक्रमित




२५ मंसिर ०७८, लन्डन । बेलायतमा एकैदिनमा करिब ६० हजार जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ५८ हजार १९४ संक्रमित फेला परेका छन् ।
बेलायतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ७ लाख १९ हजार १६५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा मात्र थप ४४८ जनामा ओमिक्रोन पुष्टि भएको छ । योसँगै बेलायतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार २६५ पुगेको छ ।
यसैगरी कोरोनाका कारण गत २४ घन्टामा १२० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ४६ हजार २५५ पुगेको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ०३ बजे