२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ज्ञानेन्द्र मल्लसहित चार खेलाडी कारबाहीमा, सन्दीपले पाए कप्तानको जिम्मा




२९ मंसिर ०७८, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको कप्तानीको जिम्मेवारी सन्दीप लामिछानेलाई दिएको छ।
क्यानको बुधबारको बैठकले यसअघिका कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारीबाट हटाएको हो । कप्तान मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ४ खेलाडीलाई कारबाही गरिएको क्यानले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

पछिल्लो पटक क्यानको नयाँ वर्गिकरण हुँदा श्रेणी निर्धारणमा गडबड गरेको भन्दै कप्तान मल्ल, उपकप्तान ऐरी, सोमपाल र बलर कमलसिंह ऐरीसमेत चार खेलाडीले आफ्नो असन्तुष्टि सञ्चार माध्यममा सार्वजनिक गरेका थिए।

यो विषयमा क्यानले दुई पटक स्पष्टिकरण सोधेको थियो। तर, स्पष्टीकरण चित्त नबुझेको भन्दै ज्ञानेन्द्रलाई कप्तानीबाट हटाइएको हो। यस्तै सोमपाल कामी र कमल सिंह ऐरीलाई भने २०२२ को सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।