७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस उपसभापतिमा पूर्णबहादुर धनराज निर्वाचित




१ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् ।
खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २÷३ मत अन्तरले जितेका हुन् । गुरुङसँग विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे ।
चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए । अन्तिम मतपरिणाम केही बेरमा निर्वाचन समितिले औपचारिक रुपमा घोषणा गर्दैछ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ६ : ५९ बजे