७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता



२ पुस ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेको उनको सचिवालयले जनाएको छ।

भेटमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसको जारी महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा देउवालाई बधाइ दिएका थिए। त्यसक्रममा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

भेटमा प्रचण्डले क्रिकेट खेलाडीमाथि क्यानले गरेको कारबाहीको बारेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : २३ बजे