७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


३५ खुला केन्द्रीय सदस्यको मतगणनामा ११ मा शेखरपक्षको अग्रता




३ पुस ०७८, काठमाडौं । नेपाली कांग्रेसको जारी खुला तर्फका केन्द्रीय सदस्यको मतगणनामा शेखर कोइराला पक्षका ३५ मध्ये ११ जना जनाले अग्रता बनाइरहेका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापतिमा पराजित कोइराला पक्षका ११ जना ३५ जनाभित्र रहेरका हुन् यद्पी मतगणना जारी रहेको छ ।

शेखर पक्षका उम्मेदवार शशांक कोइराला शीर्ष स्थानमा छन् । उनलाई शेरबहादुर देउवापक्षले पनि आफ्नो उम्मेदवार बनाएको थियो । त्यस्तै शेखरपक्षका अर्जुननरसिंह केसी ५८६ मतसहित आठौं स्थानमा रहेका छन् ।

यस्तै, डा रामशरण महत ५२९ मतसहित १३औं स्थानमा रहेका छन् । दिलेन्द्र बडु ५१३ मतसहित १८औं, दीपक गिरी ४६२ मतसहित २१औं र डा गोविन्द पोखरेल ३६४ मतसहित २७औं स्थानमा रहेका छन् । अजयबाबु सिवाकोटी, गणेश लामा, दिनेश कोइराला, बीरेन्द्र कनोडिया र सञ्जय गौतमले ३५६ मत ल्याएका छन् । सिवाकोटी, कोइराला र गौतम शेखरपक्षका हुन् ।

केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धामा छन् । न्युज कारखाना

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ४३ बजे