८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन फुटवलमा जावलाखेल क्लवलाई तीन अंक



फाइल तस्विर

३ पुस ०७८, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई १–० अन्तरले हराएको हो ।
३८औं मिनेटमा विदेशी मिडफिल्डर निकोलास फर्नान्डेजले गरेको गोलमा जावलाखेलले अग्रता लियो । फर्नान्डेजले ओनयुना जनियरको पासलाई पोस्टको दिशा दिएका थिए ।
लिगको पाँचौ खेलमा आएर जावलाखेलले गोल खाता खोलेको हो । यसअघि पहिलो र दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबलाई समान १–० को नतिजा सुम्पिएको जावलाखेलले तेस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–० को नतिजा सुम्पिएको थियो भने चौथो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको थियो ।
जावलाखेलको पाँच खेलमा चार अंक छ भने समान खेलमा च्यासलको पनि समान चार अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने दोस्रो खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी)को सामना गर्दैछ । यता, पोखरामा मनाङ र पुलिसबिच खेल भैइरहेको छ । न्युज कारखाना

 

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : १६ बजे